मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सामान्य मौसमी अवस्था, उल्लेखनीय प्रणालीको प्रभाव छैन

2.7K
SHARES
देशभर सामान्य मौसमी अवस्था, उल्लेखनीय प्रणालीको प्रभाव छैन

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशका अधिकांश भूभागमा मौसम सामान्य र स्थिर रहेको महाशाखाले जानकारी दिएको छ ।

हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । तर देशका अन्य भागहरूमा मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, आज राति पनि गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले हालको मौसमलाई सामान्य र स्थिर अवस्थाको रूपमा मूल्यांकन गरेको छ । आगामी केही दिनसम्म पनि उल्लेखनीय मौसमी परिवर्तन नहुने सम्भावना रहेको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २५, मंगलवार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP