मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन–जीको बलिदानले निरंकुश सत्तालाई खरानी बनायो : विप्लव

2.1K
SHARES
जेन–जीको बलिदानले निरंकुश सत्तालाई खरानी बनायो : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशमा स्थायी रूपमा स्थापित हुन खोजिएको निरंकुश सत्ता जनताकै बलिदानले ढालेको दाबी गरेका छन् ।

सर्वपक्षीय अन्तरिम सरकारको मागसहित काठमाडौंमा बिहीबार आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै विप्लवले ‘जेन–जी आन्दोलन’लाई इतिहासको निर्णायक मोडको रूपमा चित्रित गरे । उनका अनुसार, नयाँ पुस्ताले आफ्नो रगत र बलिदानबाट ‘दलाल र अहंकारी सत्ताको अन्त्यको घोषणा’ गरिसकेको छ ।

‘जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन्,’ उनले भने, ‘राज्यसत्ता अन्धो थियो, बहिरो थियो, निरंकुश र जनविरोधी थियो । जेन–जीले आफ्नो रगतले त्यसलाई खरानी बनाइदिए ।’

विप्लवले काठमाडौंका सडकहरू अझै नवयुवाको रगतको प्रतिविम्ब बोकेर उभिएको टिप्पणी गरे । उनका अनुसार, ‘बलिदानका अग्निबाट जन्मिएको नयाँ चेतना’ अब देशलाई नयाँ दिशातर्फ लैजानेछ ।

उनले दलहरूबीचको सत्तासंघर्ष र संसद्को असफल भूमिकालाई देशको संकटको मूल कारण ठहर गर्दै सर्वपक्षीय अन्तरिम सरकार गठनको माग पुनः दोहोर्याए । उनका शब्दमा, ‘सत्ताको स्वरूप बदलिए पनि चरित्र बदलिएको छैन, त्यसैले अब जनताको शासन कायम गर्न नयाँ राजनीतिक संरचना चाहिन्छ ।’

नेकपाले गरेको प्रदर्शनमा राजधानीका विभिन्न क्षेत्रबाट आएका सयौं कार्यकर्ताहरू सहभागी थिए । पार्टीले यस अभियानलाई ‘राजनीतिक पुनर्जागरणको सुरुवात’को रूपमा लिएको बताएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २०, बिहीबार १०:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP