मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक हुने

2.6K
SHARES
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक हुने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकपछि निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो निर्णयको जानकारी दिए । उनका अनुसार, आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली अद्यावधिक गरिनेछ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएको छ ।

सामान्यतया निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोक्ने व्यवस्था रहे पनि सरकारले बुधबार अध्यादेश ल्याएर सो प्रावधानमा हेरफेर गरेको आयोगले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ९, बिहीबार ०९:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP