मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पहिरोका कारण दुई बालिका बेपत्ता

2.6K
SHARES
पहिरोका कारण दुई बालिका बेपत्ता

काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी ढाडे भित्री सडक खण्डमा आएको पहिरोमा परी दुई बालिका बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय जलबिरेका प्रमुख प्रहरी निरीक्षक गजेन्द्र रावतका अनुसार बुधबार दिउँसो करिब ४ः४५ बजे भिरबाट आएको लेदोमिश्रित पहिरोले १७ वर्षीया फुलमाया लामा र उनकी पाँच वर्षीया बहिनी मनमाया लामालाई बगाएको हो ।

दुवै दिदीबहिनी चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटेफुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेस्थित मामाघर जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

सडकखाल्डो तल ब्रह्मायणी नदी रहेकोले उनीहरू नदीमा बगाएको हुन सक्ने अनुमान गरिएको छ ।

घटनापछि रावतको कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ८, बुधबार १३:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP