मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चाडपर्व लक्षित व्यवस्थाः सार्वजनिक सवारीका लागि रूट परमिट खुला, असोज २२ सम्म मान्य

2.6K
SHARES
चाडपर्व लक्षित व्यवस्थाः सार्वजनिक सवारीका लागि रूट परमिट खुला, असोज २२ सम्म मान्य

काठमाडौं । चाडपर्वमा यात्रु आवागमन सहज बनाउन सरकारले आज (सोमबार) देखि देशभर सार्वजनिक यातायातका सवारी साधनका लागि रूट परमिट खुला गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार यो व्यवस्था असोज २२ गतेसम्म कायम रहनेछ ।

अब सार्वजनिक सवारी साधनले पूर्वनिर्धारित रूट नलिए पनि गन्तव्यसम्म पुग्न पाउनेछन् । तर, भौगोलिक र प्राविधिक हिसाबले केही विशेष रूटमा निषेधित सवारी प्रकारहरूमा भने पुरानै बन्देज लागू हुनेछ ।

महासङ्घका अनुसार यात्रुहरूले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रूपमा टिकट लिनुपर्नेछ । साथै, चाडपर्वमा सडकमा भीडभाड कम गर्न सरकारले खाद्यान्न र अत्यावश्यक वस्तु बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनहरूलाई आजदेखि पूर्णिमासम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालनमा रोक लगाउने निर्णय पहिले नै गरिसकेको छ ।

यो व्यवस्था यात्रुलाई सुरक्षित र व्यवस्थित यात्रा सुविधा दिने उद्देश्यले गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ६, सोमबार ०३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP