मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राज्यविहीनताबाट निस्कन पापडको सुझाव, शान्ति र संवैधानिक प्रक्रियामार्फत निकास खोज्नुपर्ने

2.1K
SHARES
राज्यविहीनताबाट निस्कन पापडको सुझाव, शान्ति र संवैधानिक प्रक्रियामार्फत निकास खोज्नुपर्ने

काठमाडौं । पेसागत सञ्जाल ‘पापड’ ले मुलुकमा देखिएको वर्तमान राज्यविहीन अवस्था र राजनीतिक अन्योलताका बीच शान्तिपूर्ण र संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिनुपर्ने सुझाव दिएको छ ।

पापडले बिहीबार वक्तव्य जारी गर्दै जेनजी आन्दोलनपछि उत्पन्न अस्थिर परिस्थितिमा देशले सुरक्षित अवतरण गर्न आवश्यक रहेको बताएको छ । वक्तव्यमा भनिएको छ, ूअहिले मुलुक तरल अवस्थामा पुगेको छ । तत्काल राजनीतिक निकासको विषयमा अन्यौलता देखिएको छ । यस्तो संवेदनशील अवस्थामा यथास्थितिमा रहन दिनु उचित देखिंदैन ।ू

सञ्जालले समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद तथा प्रक्रियाको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिएको छ ।

पापडले जेनजी आन्दोलनले उठाएका संरचनात्मक सुधारका मागहरूलाई समेट्दै सर्वस्वीकार्य लोकतान्त्रिक प्रक्रियामार्फत उन्नत लोकतन्त्रको अभ्यासतर्फ मुलुक अग्रसर हुनुपर्ने सन्देश दिएको छ ।

यसैसाथ, सञ्जालले शान्ति, स्थायित्व र लोकतान्त्रिक मूल्यहरूको सुदृढीकरण गर्दै वर्तमान विषम अवस्थाबाट मुलुकलाई बाहिर निकाल्ने साझा प्रयास आवश्यक रहेको बताएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २६, बिहीबार ०५:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP