मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनएमएलाई बधाई दिँदै प्रचण्ड: पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता

2.1K
SHARES
एनएमएलाई बधाई दिँदै प्रचण्ड: पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय रहने प्रतिबद्धता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वलाई बधाई दिएका छन् ।

खुमलटारस्थित निजी निवासमा भेट गर्दै प्रचण्डले अध्यक्ष फुर्वा गेल्जे शेर्पासहितको नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका हुन् । शेर्पा प्यानलले सत्तारूढ दलहरूको संयुक्त गठबन्धनलाई पराजित गर्दै संघको नेतृत्व हात पारेको थियो ।

प्रचण्डले पर्वतीय पर्यटन व्यवसायलाई देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र बताउँदै संघले त्यसको प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले भने, “अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी र निर्वाचन प्रक्रियामा संलग्न सबैलाई म पार्टी र मेरो तर्फबाट हार्दिक बधाई दिन चाहन्छु । एनएमएलाई अझ प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन तपाईंहरूको भूमिकामा मेरो समर्थन रहनेछ ।”

उनले आफ्नो व्यक्तिगत अनुभव र एनएमएसँगको लामो सम्बन्धलाई स्मरण गर्दै पर्वतारोहण क्षेत्रको प्रवर्द्धनका लागि सरकार पनि सहयोगी बन्ने प्रतिबद्धता जनाए । साथै, हाल अन्तिम चरणमा पुगेको पर्यटन सम्बन्धी विधेयक पारित गराउन आफैँ सक्रिय भूमिका खेल्ने आश्वासन दिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार ०८:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP