मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनको चर्किँदो परिस्थितिमाथि रास्वपाको आकस्मिक बैठक

1.8K
SHARES
जेनजी आन्दोलनको चर्किँदो परिस्थितिमाथि रास्वपाको आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो आकस्मिक बैठक आह्वान गरेको छ । प्रवक्ता मनिष झाका अनुसार दिउँसो ४ बजे बस्ने सचिवालय बैठकमा जेनजी आन्दोलन र त्यसमा भएको प्रहरी दमनबारे विस्तृत छलफल हुनेछ ।

आजै संसद् भवन वरिपरि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको ज्यान गएको छ भने धेरैजना घाइते भएका छन् । घाइतेहरूलाई सिभिलसहित विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ ।

सरकारले नयाँबानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरे पनि विरोध प्रर्दशन अझ आक्रामक बनेको छ । आक्रोशित भीड र सुरक्षाकर्मीबीच झडप जारी रहँदा वातावरण थप तनावपूर्ण बनेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP