मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालुवाटार वार्ता सकियो, मन्त्री हेरफेरको विषय उठेन

4.2K
SHARES
बालुवाटार वार्ता सकियो, मन्त्री हेरफेरको विषय उठेन

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चले पनि बालुवाटारमा बिहीबार बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको बैठकमा सो विषयमा कुनै छलफल नभएको बताइएको छ ।

बैठकमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का समेत सहभागी थिए । खड्काका अनुसार संघीय सरकारका मन्त्री हेरफेरबारे छलफल भएको छैन ।

“संघीय सरकारका मन्त्री हेरफेरबारे विषय प्रवेश नै भएन,” खड्काले संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

उनका अनुसार बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, संसदमा अड्किएका विधेयक टुंग्याउने र बागमती प्रदेश सरकारको विषयमा छलफल केन्द्रित भयो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १५, बिहीबार ०९:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP