मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडाको शपथ

1.1K
SHARES
संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडाको शपथ

काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) का सभापतिमा निर्विरोध निर्वाचित रामहरि खतिवडाले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले खतिवडालाई शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत पदाधिकारीहरूको उपस्थिति थियो ।

यसअघि खतिवडा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति थिए । संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ विवादको छानबिन गर्न बनेको संसदीय विशेष समितिले उनलाई नैतिक जिम्मेवार ठहर गरेपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाली कांग्रेसले उनलाई त्यहाँबाट हटाएर संसदीय सुनुवाइ समितिमा पठाउँदै सभापति बनाएको हो ।

दबाब र प्रभावमा नपरी निष्पक्ष काम गर्छु : सभापति खतिवडा
सिंहदरबारमा पद तथा गोपनियताको शपथ लिएपछि सभापति खतिवडाले आफूले कसैको दबाब र प्रभावमा नपरी निष्पक्ष ढंगले काम गर्ने बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाले आफू राज्य व्यवस्था समिति सभापति हुँदाखेरि पनि उल्लेख्य काम गरेको बताए ।

“म राज्य व्यवस्था समिति सभापति हुँदा पनि सम्झन लायक र उल्लेख्य काम गरेको थिएँ,” उनले भने, “काम गर्दागर्दै एउटा प्राविधिक मिस्टेक भयो । त्यसमा नैतिकताको जिम्मेवारी लिँदै मैले पदबाट राजीनामा दिए । संसदीय सुनुवाइ समितिमा पनि सम्झन लायक काम गर्छु ।”



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार ०६:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP