मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

2.1K
SHARES
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौं । गोरखामा मंगलबार बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरीले जानकारी दिएअनुसार काठमाडौंबाट आरुघाटतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको बस भीमसेन थापा गाउँपालिका–३ मा दुर्घटनाग्रस्त भएको हो ।

घाइतेमध्ये १७ जनाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते ४ जनालाई अन्यत्र रिफर गरिएको अस्पतालका मेडिकल अधिकृत डा. अमरेश कुमार मण्डलले बताए ।

उनका अनुसार खुट्टा फ्याक्चर भएका र टाउकोमा चोट लागेका गम्भीर अवस्थाका यात्रुलाई तत्काल थप उपचारका लागि रिफर गरिएको हो । बाँकी घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १७, मंगलवार ०४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP