मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा डुबान न्यूनीकरणका लागि नाली–ढल सफाइ गर्न महानगरको निर्देशन

1.6K
SHARES
काठमाडौंमा डुबान न्यूनीकरणका लागि नाली–ढल सफाइ गर्न महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले डुबान जोखिम कम गर्न सबै वडा कार्यालयलाई ढल, नाली, मङ्गल, क्याचपिट र ह्युमपाइप नियमित सफा गर्न निर्देशन दिएको छ ।

महानगरको विपद् व्यवस्थापन विभागले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा डुबान रोकथामका लागि संरचनाको सरसफाइ अनिवार्य गरिएको उल्लेख छ ।

विभागका प्रमुख जगदीश अर्यालका अनुसार विगतका वर्षदेखि नै यस्ता संरचनाहरूको सरसफाइ हुँदै आएको हो र चालू आर्थिक वर्षमा पनि त्यसलाई निरन्तरता दिइएको छ ।

वडा कार्यालयहरूलाई जोखिमयुक्त स्थानलाई प्राथमिकताका साथ सफा गर्न र सम्पन्न कार्यको स्पष्ट विवरण महानगरमा बुझाउन पनि निर्देशन दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १२, बिहीबार ०७:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP