मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौ ११ मा राज्य व्यवस्था समितिको सभापति निर्वाचन

1.9K
SHARES
भदौ ११ मा राज्य व्यवस्था समितिको सभापति निर्वाचन

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन् ।

निर्वाचन मिति तोक्नुअघि सभामुख घिमिरेले आइतबार दिनभर विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेका थिए । समितिको सभापति पद गत साउन २८ गतेदेखि रिक्त छ । कानुनी प्रावधानअनुसार रिक्त पदमा १५ दिनभित्र नयाँ नेतृत्व चयन गर्नुपर्ने हुन्छ ।

यसअघि सभापति रहेका रामहरि खतिवडाले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ सम्बन्धी विवादका कारण पदत्याग गरेका थिए । त्यसयता समिति नेतृत्वविहीन बनेको छ ।

सचिवालयका अनुसार हाल समितिमा चार वटा विधेयक दफावार छलफलमै रोकिएका छन् । नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक समितिमा रोकिएको छ ।

यसका अतिरिक्त ७२ भन्दा बढी उजुरी पनि समितिमा विचाराधीन अवस्थामा रहेका छन् ।

सभापति अभावकै कारण समिति बैठक दुई महिनादेखि बस्न सकेको छैन । नयाँ नेतृत्व चयन भएपछि समितिको कामकाज अघि बढ्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार ०८:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP