मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्व राष्ट्रपति भण्डारीको नयाँ सम्पर्क कार्यालय सञ्चालनमा

1.3K
SHARES
पूर्व राष्ट्रपति भण्डारीको नयाँ सम्पर्क कार्यालय सञ्चालनमा

काठमाडौं । एमालेको विरोधबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गर्दै नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने भएकी छन् ।

भण्डारीले बिहीबार राजधानीको थापागाउँस्थित लाखेचौर मार्गमा रहेको एक घरबाट सम्पर्क कार्यालय सुरु गर्न लागेकी हुन् । उक्त कार्यालयको उद्घाटन स्वयं भण्डारीले गर्ने तयारी छ ।

उद्घाटन कार्यक्रममा एमालेका केन्द्रीय नेताहरूसमेतलाई निमन्त्रणा गरिएको बताइएको छ । नाममा ‘मदन भण्डारी ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिए पनि यसै कार्यालयमार्फत भण्डारीले आफ्ना राजनीतिक गतिविधि सञ्चालन गर्ने भण्डारी निकटस्थहरूको दाबी छ ।

उक्त समितिको संयोजक एमाले नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने भण्डारी संरक्षकका रूपमा छन् । यसअघि भण्डारीको ७५औँ जन्मजयन्ती मनाउन पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ५, बिहीबार ०४:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP