मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ

1.8K
SHARES
एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचनलाई ठगी आरोपमा मंगलबार ललितपुरबाट पक्राउ गरेको छ ।

भट्टचनमाथि ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले उनीविरुद्ध उजुरी दिएकी थिइन् । लामाका अनुसार, लामो समयदेखि उजुरी परे पनि भट्टचन कानुनी कारबाहीबाट जोगिँदै आएका थिए ।

२०७९ को निर्वाचनमा नेकपा एमालेले उनलाई समानुपातिक प्रणालीअन्तर्गत जनजातीतर्फ पहिलो नम्बरमा राख्दै सांसद बनाएको थियो । त्यसअघि उनी नेपाली कांग्रेससँग आबद्ध थिए । १४औँ महाधिवेशनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई संगठन विभागको उपप्रमुखमा मनोनीत गरेका थिए ।

भट्टचनले सन् १९९० मा ‘प्रभु ट्राभल’ मार्फत व्यवसायिक यात्रा सुरु गरेका थिए । पछि उनले वित्तीय संस्था, कार्गो व्यवसाय र प्रभु हेलिकप्टर सेवा पनि सञ्चालन गरे । हाल उनी प्रभु ग्रुपका अध्यक्षका रूपमा समेत परिचित छन् ।

सीआईबीले अनुसन्धान अघि बढाइरहेको छ भने भट्टचनमाथि ठगीसम्बन्धी थप मुद्दा दर्ता हुन सक्ने संकेत देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक १२, बुधबार ००:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP