मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रामेछापको हलेदे सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा

2.4K
SHARES
रामेछापको हलेदे सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा पहिरोपछि अवरुद्ध भएको सडक मर्मत गरी एकतर्फी यातायात सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार आज बिहानदेखि रोकिएका सवारीसाधन पुनः आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

काठमाडौंबाट दोलखाको चरिकोट हुँदै तामाकोशी हुँदै मन्थलीसम्म जाने मार्ग पहिरोले अवरुद्ध भएपछि यात्रु र मालसहितका सवारीसाधन बीच बाटोमै रोकिएका थिए । अब एकतर्फी सञ्चालन भएपछिको व्यवस्था अनुसार, यातायात क्रमशः अघि बढ्न थालेको छ ।

सडक अवरुद्ध हुनुको मुख्य कारण माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्नु रहेको छ । विशेष गरी पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक क्षेत्र पटक–पटक भासिँदै आएको हुँदा स्थानीय प्रशासनले सतर्कता अपनाउँदै मर्मतकार्य गरिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार ०९:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP