मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सडक भासिँदा काठमाडौं-मन्थली मार्ग अवरुद्ध, यात्रु अलपत्र

2.4K
SHARES
सडक भासिँदा काठमाडौं-मन्थली मार्ग अवरुद्ध, यात्रु अलपत्र

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–७ हलदेमा सडक भासिँदा काठमाडौं—मन्थली सडकखण्डमा पूर्ण रुपमा सवारी आवागमन रोकिएको छ । बुधबार बिहान अचानक सडकको ठूलो भाग भासिँदा यात्रुवाहक बस, माइक्रो र मालवाहक सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

काठमाडौंबाट दोलखा (चरिकोट) तथा तामाकोशी हुँदै मन्थलीतर्फ छुट्ने सवारी साधनहरूले यही सडक प्रयोग गर्ने भएकाले सयौँ यात्रु प्रभावित भएका छन् । स्थानीयका अनुसार ‘गाडीहरू घण्टौँदेखि बाटोमा रोकिएका छन्, यात्रुहरू अलपत्र परेका छन् ।

भासिएको सडकखण्ड जोखिमयुक्त रहेकाले तत्काल सञ्चालन गर्न नसकिने प्रारम्भिक अवस्था देखिएको छ । भारी वर्षापछि सडकको मिट्टी धुलो फुस्स भई भासिएको अनुमान गरिएको छ । सडक पूर्ण रूपमा क्षति भएकाले मर्मत नहुँदासम्म आवागमन सम्भव नहुने देखिन्छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउन डोजरसहितको प्राविधिक टोली घटनास्थल पठाइएको जानकारी दिए । ‘सडक सञ्चालनका लागि काम तीव्र पारिएको छ । वैकल्पिक मार्गको सम्भावना पनि हेरिँदैछ,’ उनले भने ।

सडक अवरुद्ध हुँदा बिरामी, विद्यार्थी र काम विशेषमा काठमाडौं जाने÷आउने यात्रु सबैभन्दा बढी समस्यामा परेका छन् । स्थानीयवासीले अत्यावश्यक अवस्थाका यात्रुका लागि वैकल्पिक पदमार्ग प्रयोग गर्न थालेका छन् ।

यता जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम परेका यात्रुहरूलाई यात्रा स्थगित गर्न अपिल गरेको छ । समस्या समाधान नहुन्जेल वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP