मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बा गाउँपालिकाको एकीकृत प्रशासनिक शिविर सम्पन्न, हजारौंले पाए सेवा

5.3K
SHARES
खिजीदेम्बा गाउँपालिकाको एकीकृत प्रशासनिक शिविर सम्पन्न, हजारौंले पाए सेवा

काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाडौंको जोरपाटीस्थित एक पार्टी प्यालेसमा साउन २४ देखि २७ गतेसम्म सञ्चालन गरेको चार (३+१) दिने ‘एकीकृत प्रशासनिक शिविर’ सम्पन्न भएको छ ।

शिविरमार्फत ३६० जनाले सामाजिक सुरक्षा भत्ता नवीकरण, ८६ जनाले विवाह दर्ता, १२६ जनाले जन्मदर्ता, १२ जनाले मृत्युदर्ता, १७ जनाले बसाइँसराइ, २१९ जनाले मालपोत कर तिर्ने, ७५ जनाले विभिन्न सिफारिस, २ जनाले सम्बन्ध विच्छेद र १ जनाले औषधि उपचारसम्बन्धी सेवा लिएका छन् ।

पालिकाका अनुसार शिविरबाट ७१ हजार ५ सय २३ रुपैयाँ ८९ पैसा राजस्व संकलन भएको छ ।

पालिका अध्यक्ष गम्बु शेर्पाले हजारौं नागरिकलाई एकै ठाउँबाट सेवा दिन पाउनु गर्वको विषय भएको बताउँदै काठमाडौं ओखलढुंगा तामाङ सेवा समाज, थोलेदेम्बा शेर्पा किदुक, पात्ले शेर्पा किदुक, सुनुवार सेवा समाज गोकर्णेश्वर, पत्रकार र अन्य सहयोगी संस्थाहरूको योगदानका लागि धन्यवाद व्यक्त गरे ।

राजधानीबाट गाउँसम्म झन्झटिलो यात्रा गरेर सेवाका लागि खर्च र हैरानी गर्नुपर्ने बाध्यता भन्दा शिविरबाटै सहज सेवा पाइएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।

तस्वीरहरुः पालिका अध्यक्ष शेर्पाको फेसबुकबाट



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २८, बुधबार ०८:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP