मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देउवा, ओली र प्रचण्डले सन्यास लिए सबैभन्दा बढी खुशी म हुनेछु: थापा

1.7K
SHARES
देउवा, ओली र प्रचण्डले सन्यास लिए सबैभन्दा बढी खुशी म हुनेछु: थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिबाट सन्यास लिएको खण्डमा आफू सबैभन्दा धेरै खुशी हुने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित युवासँगको जनप्रतिनिधि कार्यक्रममा महामन्त्री थापाले यो कुरा उल्लेख गर्दै भने, “यो कुरा मैले उनीहरूलाई बेइज्जत गरेर वा अपमान गरेर नभन्दै ठूलो सम्मानका साथ भन्न लागेको हुँ । देउवा, ओली र प्रचण्डले नेपाली राजनीतिमा ठूलो योगदान गरेका छन् ।”

थापाले नेपालको वर्तमान राजनीतिक अवस्था ‘डेलिभरी गर्न असमर्थ’ बनिसकेको र यसले धेरैमा वितृष्णा फैलाएको बताए । उनले राजनीति हाल ‘फोहोर जमेको पोखरी’ जस्तो भइसकेको भन्दै यसले जनतामा निराशा बढाएको बताए ।

“नेपाली राजनीतिमा हाल व्यापक असन्तुष्टि छ । यसका कारण राजनीति फोहोर जमेको पोखरी जस्तै बनेको छ, जसले सबैलाई निराश बनाएको छ,” उनले भने ।

उनले आगामी दिनमा राजनीतिक परिवर्तन र नयाँ नेतृत्वको आवश्यकतामा जोड दिँदै युवाहरूलाई सक्रिय भई देशका लागि काम गर्न आग्रह पनि गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २५, आईतवार १२:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP