मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिन्धुलीमा पहिरोसँगै सालको रुख ढलेर दुईको मृत्यु, तीन घाइते

4.9K
SHARES
सिन्धुलीमा पहिरोसँगै सालको रुख ढलेर दुईको मृत्यु, तीन घाइते

सिन्धुली । अविरल वर्षापछि पहिरोसँगै सालको रुख ढलेर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार आज दिउँसो आएको पहिरोले ओत लागेर बसेको टहरामाथि सालको ठूलो रुख खस्दा नौ वर्षीय सार्की थिङ र १६ वर्षीया शन्ता गोलेको घटनास्थलमै मृत्यु भएको हो ।

उक्त घटनामा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र सात वर्षीय सुशील थिङ घाइते भएका छन् । उनीहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयवासीका अनुसार वर्षासँगै जमिन चिप्लिएर रुख ढलेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १६, शुक्रबार १२:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP