मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सोमबार साधारणतया बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

1.5K
SHARES
देशभर सोमबार साधारणतया बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ भने अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह पनि भइरहेको देखिएको छ । यसका कारण देशका विभिन्न भागहरूमा बदली र वर्षाको अवस्था देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मधेस प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू-भागहरूमा साधारणतया बदली रहेको छ भने अन्य भू-भागमा आंशिक बदली छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबारको मौसम पूर्वानुमान
सोमबार देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ ।

आज रातिको अवस्था
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई क्षेत्रका एक-दुई स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

सावधानी अपनाउन मौसम विभागले सुझाव दिएको छ, विशेषगरी भारी वर्षा हुने स्थानहरूमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १६, सोमबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP