मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुक्खा पीडामा विधिको व्यवहारः सांसद र प्रदेशसभा सदस्य हलो जोत्न बाध्य

3.8K
SHARES
सुक्खा पीडामा विधिको व्यवहारः सांसद र प्रदेशसभा सदस्य हलो जोत्न बाध्य

काठमाडौं । सर्लाही २ का संघीय सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंह मंगलबार एउटा अनौठो परम्परामा सहभागी बने–जसमा उनीहरू खेतमा हलो जोत्न बाध्य भए ।

ईश्वरपुर नगरपालिका–९ रामनगरमा वर्षा नहुँदा स्थानीय महिलाहरूले प्रहरीको भेषमा सांसद चौधरी र प्रदेशसभा सदस्य सिंहलाई घरबाटै ‘पक्राउ’ गरेर खेतमा लगे । त्यहाँ उनीहरूलाई थारू समुदायको पुरातन परम्पराअनुसार हलो जोत्न लगाइयो ।

अझ अनौठो त के भने, महिलाहरू नै गोरु बनेर हलो तानेका थिए । सांसद र प्रदेश सांसद हलीको भूमिकामा थिए भने महिलाहरू जुवामा नारिएका थिए । सांसद चौधरीका अनुसार हलो जोत्न लाग्दा महिलाहरूले गोरु झैँ अभिनय गर्दै लात्तीसमेत प्रहार गरे ।

तर, यो दृश्य कुनै अपमान वा कारबाहीका लागि गरिएको थिएन । थारू समुदायमा लामो समय पानी नपरेपछि गाउँका प्रतिष्ठित व्यक्तिहरूलाई यसरी खेतमा लगेर हलो जोत्न लगाउने परम्परा छ । यो परम्परा अन्तर्गत पूजा, प्रतीकात्मक रोपाइँ र हलो जोत्नमार्फत इन्द्रदेवता प्रसन्न भइ वर्षा हुने विश्वास गरिएको हो ।

स्थानीयहरूले यसअघि पनि खडेरीका बेला वडाध्यक्षलगायत व्यक्तिहरूलाई हलो जोत्न लगाएर वर्षाका लागि प्रार्थना गर्ने गरेका छन् ।

यसपालि पनि मधेश प्रदेशमा लामो समयदेखि वर्षा नहुँदा सुक्खा बढेको छ । धान रोपाइँ अत्यधिक प्रभावित बनेको छ ।

“गएराति केही हल्का वर्षा भए पनि पर्याप्त थिएन,” सांसद चौधरीले भने, “बीउ डढेको छ, रोपिएका रोपाहरू चिराचिरा परेका छन् ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार, मधेश प्रदेशमा साउन ११ गतेसम्म ५१ दशमलब ८२ प्रतिशत मात्र रोपाइँ भएको छ, जुन गत वर्षको ९२ प्रतिशतभन्दा ४० दशमलब १८ प्रतिशत कम हो ।

यस प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुनेमा हालसम्म एक लाख ९३ हजार ११६ हेक्टरमा मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ११:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP