मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वर्षापछि देशभरका ८ राजमार्ग पूर्ण अवरुद्ध, ६ सडक एकतर्फी सञ्चालनमा

3.3K
SHARES
वर्षापछि देशभरका ८ राजमार्ग पूर्ण अवरुद्ध, ६ सडक एकतर्फी सञ्चालनमा

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न भेगका ८ वटा प्रमुख राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् भने ६ सडकखण्डमा एकतर्फी रुपमा मात्र सवारी सञ्चालन भइरहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण पहिरो, सडक भासिने र पुलमा क्षति पुग्दा राजमार्गहरू अवरुद्ध भएका हुन् ।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गहरूमा कोशी राजमार्ग (सङ्खुवासभाको भोटखोला गाउँपालिका क्षेत्र), नेपाल–चीन नाका जोड्ने पुल (रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्र), अरनिको राजमार्ग (सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्र), बेँसीशहर–मनाङ सडकखण्ड (लमजुङको मस्र्याङ्दी गाउँपालिका क्षेत्र), रुद्रवेणी–बामी सडक (गुल्मीको सत्यवती गाउँपालिका), रिडी–वामी सडक (गुल्मीको चन्द्रकोट गाउँपालिका क्षेत्र), जाजरकोट–डोल्पा भेरी करिडोर (रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा) र दशरथ चन्द राजमार्ग (बैतडीको पाटन नगरपालिका क्षेत्र) रहेका छन् ।

त्यस्तै एकतर्फी सवारी सञ्चालन भइरहेका सडकहरू टोखा–नुवाकोट सडकखण्ड (काठमाडौंको टोखाबाट), कालीगण्डकी करिडोर (बागलुङ नगरपालिका), कालीगण्डकी करिडोर (नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका), बेनी–जोमसोम सडक (मुस्ताङको थासाङ गाउँपालिका), पृथ्वी राजमार्ग (तनहुँको बन्दीपुर गाउँपालिका क्षेत्र) र सहिद राजमार्ग (रोल्पाको परिवर्तन गाउँपालिका क्षेत्र) छन् ।

प्रहरीले मौसममा सुधार नआएसम्म पहिरो हटाउन समस्या हुने जनाउँदै यात्रु तथा सवारी चालकहरूलाई सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १३, मंगलवार ०७:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP