मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपसभामुख इन्दिरा राना चीन भ्रमण सकेर स्वदेश फर्किइन्

1.6K
SHARES
उपसभामुख इन्दिरा राना चीन भ्रमण सकेर स्वदेश फर्किइन्

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना चीनको ६ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी छन् । साउन ६ गते प्रस्थान गरेकी राना आइतबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेकी हुन् ।

उपसभामुख रानाले साउन ७ देखि ११ गतेसम्म चीनको हेनान प्रान्तमा आयोजित सांघाई सहयोग संगठनअन्तर्गत सञ्चार, मिडिया तथा ‘थिङ्क ट्याङ्क’ सम्मेलनमा नेपालको तर्फबाट सहभागिता जनाएकी थिइन् ।

सम्मेलनको अवसरमा उनले ‘विकासका लागि शान्ति र स्थायित्व आवश्यकतामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन दिँदै नेपालको नीति तथा अनुभव प्रस्तुत गरेकी थिइन् ।

यात्राका क्रममा उनले हेनान प्रान्तका सरकारी अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् भने झेङझोउ लगायतका विभिन्न सहर र स्थानहरूको अवलोकनसमेत गरेकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १२, सोमबार १०:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP