मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल–चीन सम्बन्धलाई पुस्तौं पुस्तासम्म फैलाउनु आवश्यकः प्रधानमन्त्री ओली

2.5K
SHARES
नेपाल–चीन सम्बन्धलाई पुस्तौं पुस्तासम्म फैलाउनु आवश्यकः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको ऐतिहासिक मित्रतालाई भविष्यका पुस्तासम्म मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।

‘नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन २०२५’ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई अझ गहिरो, व्यापक र दिगो बनाउने दिशामा नेपाल सरकारले कुनै कमी नगर्ने स्पष्ट पारे ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘नेपाल र चीनजस्ता पुराना सभ्यता भएका देशहरूबीचको सम्बन्ध केवल लेनदेनको होइन, भावनात्मक र सांस्कृतिक पक्षले पनि भरिएको हुन्छ । यस्ता कार्यक्रमले पुस्तौंदेखि पुस्तासम्म मित्रता गाढा बनाउन सहयोग गर्छन् ।’

उनले थपे, ‘दुई मुलुकबीचको मित्रता विस्तारका लागि गच्छे ठूलो कुरा होइन । सम्बन्ध आपसी समझदारी, सम्मान र साझा हितमा आधारित हुनुपर्छ । नेपाल सरकार त्यस दिशामा आवश्यक सबै पहल गर्न तत्पर छ ।’

कार्यक्रमको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरे । युवा सशक्तिकरण पुरस्कार काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोललाई, व्यवसाय नेतृत्व पुरस्कार राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डेलाई, र शिक्षा उत्कृष्टता पुरस्कार अनुराधा शर्मालाई प्रदान गरिएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २, शुक्रबार १०:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP