मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेनाल्टीमा अस्ट्रेलियालाई हराउँदै इजिप्टले रच्यो इतिहास, पहिलोपटक अन्तिम १६ मा

689
SHARES
पेनाल्टीमा अस्ट्रेलियालाई हराउँदै इजिप्टले रच्यो इतिहास, पहिलोपटक अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराति सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा अस्ट्रेलियामाथि पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै इजिप्टले पहिलोपटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म १–१ को बराबरीमा टुंगिएपछि विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पार्यो ।

इजिप्टले खेलको १३औँ मिनेटमा इमाम आशौरको गोलमार्फत अग्रता लिएको थियो । तर ५५औँ मिनेटमा मोहम्मद हानीले हेडरबाट गरेको क्लियरेन्स आफ्नै पोस्टमा छिर्दा अस्ट्रेलियाले आत्मघाती गोलको लाभ उठाउँदै खेल १–१ को बराबरीमा ल्यायो ।

त्यसपछि दुवै टोलीले निर्धारित समय र अतिरिक्त समयमा थप गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा इजिप्ट सफल रहँदा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले मात्र गोल गर्न सके ।

यो नतिजासँगै विश्वकपमा चौथोपटक सहभागिता जनाएको इजिप्टले इतिहास रच्दै पहिलोपटक प्रतियोगिताको अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा स्थान बनाउन सफल भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २०, शनिबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP