मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

2K
SHARES
राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलबारदेखि सुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज साँझ राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, परराष्ट्र सचिव र सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा गार्ड अफ अनर प्रदान गरेको थियो ।

सम्मेलनमा नेपालको पक्षबाट सम्बोधन
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गरेका थिए ।

उनीले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गरेका थिए । साथै उनले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरू— गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम, र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सत्रलाई पनि सम्बोधन गरेका थिए ।

राष्ट्रसंघका महासचिवसँग भेट
मङ्गलबार नै राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गरेका थिए । त्यसपछि उनले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको अवलोकन पनि गरेका थिए ।

‘सामाजिक विकासका लागि पहिलो विश्व शिखर सम्मेलन’ सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक दोहामा आयोजित दोस्रो सम्मेलनमा विश्वभरका नेताहरूले विकासमा असमानता, जनसङ्ख्यागत असन्तुलन, प्रविधिक प्रभाव र सामाजिक रूपान्तरणका विषयमा छलफल गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घको सदस्य बनेदेखि नै नेपाल शान्ति, स्थायित्व र सामाजिक न्यायका लागि सक्रिय तथा प्रतिबद्ध सदस्य रहँदै आएको छ । हाल नेपाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष पदमा पनि रहिरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २०, बिहीबार १२:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP