मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच संवाद

3.7K
SHARES
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच संवाद

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच हालै भेटवार्ता भएको छ । बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार, उनीहरूबीच गत बिहीबार करिब आधा घन्टा कुराकानी भएको हो ।

साहका अनुसार, बालेन पूर्वराष्ट्रपतिको निजी निवास भंगालमै पुगेर भेट गरेका थिए । ‘भेटमा समसामयिक राजनीतिक तथा सार्वजनिक सरोकारका विषयमा छलफल भयो,’ उनले बताए ।

यो भेट त्यस्तो समय भएको हो, जब बालेन र नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध चिसिंदो अवस्थामा पुगेको छ । यस्तै अवस्थामा, एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गरेकी भण्डारीसँगको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ ।

महानगरपालिकाभित्र एमालेसहितका दलनिकट जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको विवादका कारण बालेनले आगामी आर्थिक वर्षको बजेटसमेत अहिलेसम्म प्रस्तुत गर्न सकेका छैनन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २२, आईतवार १२:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP