मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खतिवडाको भनाइः पार्टीले चाहे पद त्याग्न तयार छु

1.9K
SHARES
खतिवडाको भनाइः पार्टीले चाहे पद त्याग्न तयार छु

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीको निर्देशन आए पदबाट राजीनामा दिन आफू तयार रहेको स्पष्ट पारेका छन् ।

शुक्रबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले, पार्टीले आवश्यकता ठानेर बाहिरिन भने तत्काल पद त्याग्न आफूलाई आपत्ति नहुने बताए ।

‘पार्टीले अहिल्यै बाहिर बस भने म तयार छु,’ बैठकमा खतिवडाले बताएका थिए ।

संसदीय समितिबाट सर्वसम्मत पारित भएको ‘कुलिङ पिरियड’ व्यवस्था संशोधनको विषयमा उठेको विवादका कारण खतिवडा आलोचनामा परेका छन् । पार्टीभित्रैबाट आन्तरिक असन्तुष्टि बढिरहँदा सत्तारुढ नेकपा एमालेसहित विपक्षी दलहरूले समेत खतिवडालाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् ।

बैठकमा खतिवडाले पार्टीको एकतालाई जोड दिँदै व्यक्तिगतरुपमा दोषारोपणको प्रवृत्तिबाट कांग्रेस कमजोर हुने चेतावनी पनि दिए ।

‘पार्टी सबैको हो । कोही सभापतिलाई, कोही उपसभापतिलाई, कोही महामन्त्रीलाई वा केन्द्रीय सदस्यलाई दोष थोपर्ने हो भने पार्टी कहाँ पुग्ला ?’ उनले प्रश्न गरे, ‘त्यसैले हामी सबैले गम्भीर भएर भविष्यमा सुधार र परिष्कारतर्फ ध्यान दिनुपर्छ ।’



अगुल्टो अगुल्टो   
  • २०८२ असार २०, शुक्रबार १२:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP