मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाली झोलामा बजेट ल्याउने अभ्यासः पुनले थाले, पौडेलले दिए निरन्तरता

1.4K
SHARES
नेपाली झोलामा बजेट ल्याउने अभ्यासः पुनले थाले, पौडेलले दिए निरन्तरता

काठमाडौं । अर्थमन्त्री विष्णप्रसाद पौडेलले चालु वर्षको बजेट पुस्तिका नेपाली कच्चा पदार्थबाट बनेको झोलामा राखेर संसदमा प्रस्तुत गरेका छन् । यो अभ्यास गत वर्षदेखि सुरु गरिएको हो, जुन पूर्वअर्थमन्त्री वर्षमान पुनले थालनी गरेका थिए ।

गत आर्थिक वर्ष २०८१÷८२ को बजेट पुस्तिका वर्षमानले गाँजाबाट निर्मित झोलामा राखेर संसद् भवनमा लगेका थिए । उनले नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो अभ्यास थालेका थिए ।

यसअघि भने विदेशी छालाबाट बनेको महँगो ब्रिफकेसमा बजेट ल्याउने चलन रहँदै आएको थियो ।

अर्थ मन्त्रालयका अनुसार यो वर्ष पनि झोला नयाँ भए पनि त्यही परम्परा दोहोरिएको हो । मन्त्रालयले स्थानीय सामग्रीबाट बनेका झोलाको प्रयोगले स्वदेशी उत्पादनलाई टेवा पुग्ने विश्वास लिएको छ ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीका अनुसार सरकारको नीति नै स्थानीय उत्पादनलाई प्राथमिकता दिने भएकाले बजेट प्रस्तुतिमा पनि त्यसको अभ्यास गरिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १५, बिहीबार १०:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP