मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भूमि समस्या समाधान समितिमा नयाँ नेतृत्व, मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

169
SHARES
भूमि समस्या समाधान समितिमा नयाँ नेतृत्व, मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक

काठमाडौं । सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बास्कोटालाई समितिको अध्यक्ष नियुक्त गरिएको हो । समितिका सदस्यमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, लमजुङका पद्मनिति सोती र काठमाडौंकी डा। रोहना श्रेष्ठ नियुक्त भएका छन् ।

बैठकले यससँगै अन्य तीन महत्वपूर्ण निर्णयसमेत गरेको छ ।

ओजोन तह संरक्षण सम्झौता स्वीकृत
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजोन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी ‘मोन्ट्रियल प्रोटोकल’ कार्यान्वयन सम्झौतालाई बैठकले स्वीकृत गरेको छ । यो जलवायु परिवर्तनसँग सम्बन्धित सम्झौता हो ।

सशस्त्रको एआईजीमा बढुवा
सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा अञ्जनीकुमार पोखरेललाई बढुवा गर्ने निर्णय भएको छ । गृहमन्त्रालयको प्रस्तावमा यो निर्णय भएको हो ।

अध्ययन समितिको म्याद थप
२०८२ साल भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सिर्जित घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित समितिको कार्यअवधि ४५ दिन थप गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १९, मंगलवार ०८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP