मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, अन्य क्षेत्रमा मौसम सफा रहने

299
SHARES
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, अन्य क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल हिमाली भूभागमा आंशिक बदली रहे पनि पहाडी तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ ।
दिउँसो देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

त्यसैगरी, आज राति पनि हिमाली भूभागमा आंशिक बदली रहनेछ। पहाडी तथा तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २८, बुधबार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP