मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

819
SHARES
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको टोलीले सोमबार अपराह्न सुर्खेतबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ । एमालेको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलका सदस्य रहेका पौडेल सुझाव संकलन अभियानका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन् ।

कार्यदलले यसअघि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कार्यकर्ता भेला तथा सुझाव संकलन कार्यक्रम सञ्चालन गरेको थियो । सोही अभियानलाई निरन्तरता दिने क्रममा पौडेलसहितको टोली सुर्खेत पुगेको थियो ।

अनुसन्धानका लागि पक्राउ गर्नुअघि विभागको टोलीले काठमाडौंको भैँसेपाटीस्थित उनको निवासमा समेत छानबिन तथा खानतलासी गरेको स्रोतले जनाएको छ ।

पौडेलमाथि लागेको आरोप र अनुसन्धानको विस्तृत विवरण भने सम्बन्धित निकायले सार्वजनिक गरिसकेको छैन । अनुसन्धान प्रक्रिया जारी रहेको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ८, सोमबार १२:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP