मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

273
SHARES
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुलातर्फ) मा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । मतगणनाको परिणामअनुसार खतिवडा सर्वाधिक मतसहित विजयी भएका हुन् ।

विजयी खतिवडाले २ हजार ९१९ मत प्राप्त गरेका छन् भने निर्वाचित अर्का नेता शिवाकोटीले २ हजार ७२ मत प्राप्त गरेका छन् ।

सहमहामन्त्री खुलातर्फ नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणामअनुसार गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी १ हजार ८५१ मतसहित तेस्रो स्थानमा रहे ।

त्यस्तै, पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले १ हजार ३८२ मत प्राप्त गर्दा राजीव ढुंगानाले १ हजार २४१ र विकास कोइरालाले १ हजार १४९ मत पाए । अमृतकुमार अर्यालले १ हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत प्राप्त गरेका छन् ।

सहमहामन्त्रीमा सर्वाधिक मतसहित विजयी खतिवडा गत २ असोजमा देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किएका थिए । उनी पछिल्लो समय देउवा समूहबाट अलग भई मूलधारमा फर्किएका नेताहरूमध्ये पदाधिकारीमा निर्वाचित हुने दोस्रो नेता बनेका छन् ।

यसअघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र) तर्फ निर्वाचित भएका थिए । खतिवडा र शाहीको विजयसँगै देउवा समूह छाडेर मूलधारमा फर्किएका नेताहरूले पार्टीको पदाधिकारी तहमा आफ्नो उपस्थिति जनाएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २७, मंगलवार ११:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP