मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौसम पूर्वानुमान: कोशीमा धेरै भारी वर्षाको सम्भावना

806
SHARES
मौसम पूर्वानुमान: कोशीमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया बदली रहनेछ । विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षासँगै हिमपात र मेघगर्जन–चट्याङको सम्भावना रहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जनका साथै चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने थोरै स्थानमा यस्तो वर्षा हुनसक्ने पूर्वानुमान छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी प्रदेशका धेरै स्थान तथा बागमती र गण्डकीका हिमाली एवं पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा वर्षा र हिमपात हुनसक्नेछ । मधेश तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका केही स्थानमा पनि राति मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा कोशी प्रदेशका थोरै स्थान तथा बागमतीका पहाडी र तराई क्षेत्र एवं गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ७, बुधबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP