मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोवामा नाइट क्लब दुर्घटना: चार नेपालीसहित २५ जनाको मृत्यु

117
SHARES
गोवामा नाइट क्लब दुर्घटना: चार नेपालीसहित २५ जनाको मृत्यु

काठमान्डु । भारतको पर्यटक प्रख्यात राज्य गोवाको अरपोरा क्षेत्रमा शनिबार मध्यरात भएको भीषण आगलागीमा चार नेपाली नागरिकसहित २५ जनाले ज्यान गुमाएका छन् । उक्त नाइट क्लबमा भएको दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

गोवा सरकारले सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये २० जना क्लबका कर्मचारी थिए, जसमा चार नेपाली पनि समावेश छन् । चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप नाम भएका उनीहरूको स्थायी ठेगाना भने खुलाइएको छैन । गोवा सरकारले शव नेपाल पठाउने प्रक्रिया अघि बढाइरहेको बताइएको छ ।

कसरी भयो घटना?
अधिकारीका अनुसार मध्यरात नाचगान चलिरहेकै समयमा इलेक्ट्रोनिक फायरक्राकर पड्किँदा आगो लागेको थियो । क्लब रहेको स्थान साँघुरो गल्लीमा भएकाले दमकल समयमै नपुग्दा आगो तीव्र रुपमा फैलिएको बताइन्छ । धेरैजसो पीडित भुइँतलामा र भान्सातिरै थुनिँदा ज्यान गुमाएको पाइएको छ । केहीको जलेर र केहीको धुँवामा निसासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सुरक्षा मापदण्ड उल्लंघन
प्रारम्भिक अनुसन्धानले क्लब अवैध रूपमा सञ्चालन गरिएको र आधारभूत सुरक्षा मापदण्ड पालना नगरेको खुलेको छ । यसैक्रममा गोवा प्रहरीले क्लबका महाप्रबन्धकसहित चार जनालाई पक्राउ गरेको छ भने क्लबका मालिकहरू सौरभ लुथरा र गौरव लुथराविरुद्ध मुद्दा दर्ता गरिएको छ । साथै नियमविपरीत अनुमति दिएका तीन सरकारी अधिकारीलाई निलम्बन गरिएको छ ।

क्षतिपूर्ति र सरकारले लिएको कदम
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । साथै, अनुमति बिना सञ्चालन भइरहेका क्लब तथा भीडभाड हुने स्थानहरूको व्यापक अडिट गरिने उनले बताएका छन् ।

प्रत्यक्षदर्शीको बयान
प्रत्यक्षदर्शीहरूका अनुसार क्लब अत्यधिक भीडिएको थियो र आगो लागेको केही मिनेटमै संरचना पूर्ण रूपमा नष्ट भएको थियो । आगलागीका बीच ग्याँस सिलिन्डर विष्फोट हुँदा घटना झनै भयावह भएको बताइएको छ ।

गोवा दुर्घटनामा मृत्यु भएका व्यक्तिहरू

नेपाल
चुर्णबहादुर पुन
विवेक कटवाल
सबिन
सुदीप

झारखण्ड
मोहित
प्रदीप महतो
बिनोद महतो

उत्तराखण्ड
सतीश सिंह
सुरेन्द्र सिंह
जितेन्द्र सिंह
सुमित नेगी
मनिश सिंह

असम
दिगम्बर पटिर
राहुल तन्ती
मनोजित माल

उत्तर प्रदेश
सुनील कुमार
रोहन सिंह

महाराष्ट्र
डोमिनिक
मनोज जोरा

कर्नाटक
इसहाक

पश्चिम बंगाल (दार्जिलिङ)
सुभास क्षेत्री

दिल्ली
सरोज जोशी
विनोद कुमार
अनिता जोशी
कमला जोशी



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २२, सोमबार ०६:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP