मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु

1.6K
SHARES
सुनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, तीनको मृत्यु

काठमान्डु । भारतको उत्तर प्रदेशको बलरामपुरमा एक यात्रुबाहक बस भयानक दुर्घटनामा परेको छ । बसमा आगलागी हुँदा कम्तीमा तीन जनाले ज्यान गुमाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार ट्रकले ठक्कर दिएपछि बस नियन्त्रण गुमाउँदै करिब १०० मिटर घिस्रिएको थियो । त्यसपछि बस हाइटेन्सन लाइनको पोलमा ठोक्किँदै गएपछि पोल बसमाथि खस्दा आगलागी फैलिएको बताइएको छ ।

यूपी–२२–एटी–०२४५ नम्बरको सो बस नेपाल–भारत सीमा नाकादेखि (सुनौली) दिल्लीतर्फ गइरहेकी थियो । बसमा रहेका ४५ मध्ये धेरैजसो नेपाली यात्रु भएको प्रारम्भिक विवरण छ ।

दुर्घटनापछि चालक र सहचालकको अवस्थाबारे कुनै जानकारी खुल्न सकेको छैन । घाइतेहरूलाई एम्बुलेन्समार्फत बहराइच मेडिकल कलेज पुर्‍याइएको स्थानीयले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार घटनाको समयमा धेरै यात्रु बसबाहिर नै देखिएका थिए, जसले थप ठूलो क्षति हुनबाट बचाएको मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १६, मंगलवार ०६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP