मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उत्तराखण्ड बाढी : हराइएकाहरूको खोजीमा सेना, स्निफर कुकुर र ड्रोन परिचालन

2.1K
SHARES
उत्तराखण्ड बाढी : हराइएकाहरूको खोजीमा सेना, स्निफर कुकुर र ड्रोन परिचालन

नयाँ दिल्ली । उत्तराखण्डको एक पर्यटकीय सहरमा मंगलबार आएको विनाशकारी आकस्मिक बाढीपछि हराइरहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको छ । भारतीय सेनाले बुधबार खोज तथा उद्धार प्रयासका लागि ट्र्याकर कुकुर, ड्रोन र ठूला निर्माण उपकरणहरू परिचालन गरेको छ ।

धराली सहरस्थित एक साँघुरो पहाडी उपत्यकामा अचानक आएको बाढीले माटो र फोहोरले पहिरो जस्तो अवस्था सिर्जना गरेपछि कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ । घटनामा ११ जना सैनिकसहित झण्डै एक सय जना अझै सम्पर्कविहीन छन् ।

भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “थप सैनिक टुकडीहरू, ट्र्याकर कुकुरहरू, लजिस्टिक तथा निगरानी ड्रोनहरू र माटो हटाउने उपकरणहरू परिचालन गरी खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको छ ।” सेनाले उद्धारका लागि सैन्य हेलिकप्टरहरू पनि परिचालन गरेको जनाएको छ, जसले आवश्यक औषधि, राहत सामग्री र उद्धारकर्ताहरूलाई घटनास्थलमा पु¥याइरहेका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो आपतकालीन अवस्था अत्यधिक र एकाएक खसेको वर्षाको कारण आएको बताएका छन् । उनले उद्धार कार्यलाई युद्धस्तरमा सञ्चालन भइरहेको स्पष्ट पारे ।

मंगलबार दिउँसोको समयमा पर्यटकीय क्षेत्रमा बगेको हिलोको ठूलो छालले धेरै तल्ला भएका भवनहरूलाई समेत बगाएको दृश्य भारतीय मिडियामा सार्वजनिक भएका छन् । भिडिओहरूमा मानिसहरू भाग्दै गरेको र केही क्षणमै भवनहरू गयो भन्ने गरी फोहोर र मलबाले ढाकिएको देखिन्छ ।

रक्षा राज्यमन्त्री सञ्जय सेठले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) लाई राति जानकारी दिँदै चार जनाको मृत्यु पुष्टि भएको र करिब एक सय जना अझै बेपत्ता रहेको बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २१, बुधबार ०७:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP