मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘वान विग ब्युटिफुल’ विधेयकमा अमेरिकी संसदमा बहस, ट्रम्पको दबाब रणनीति सक्रिय

1.7K
SHARES
‘वान विग ब्युटिफुल’ विधेयकमा अमेरिकी संसदमा बहस, ट्रम्पको दबाब रणनीति सक्रिय

वाशिङटन । अमेरिकी तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको ‘वान विग ब्युटिफुल’ नामक विधेयकमाथि हाल तीव्र बहस जारी छ ।

रिपब्लिकन पार्टीले तल्लो सदनमा बहुमत कायम राखेको भए पनि पार्टीभित्रैका केही सांसदहरूले विधेयकप्रति असहमति जनाउँदै आएका छन् । त्यसैले राष्ट्रपति ट्रम्प आफ्नै दलभित्र सहमति निर्माणको प्रयासमा लागिपरेका छन् ।

विधेयक पारित गराउनका लागि तोकिएको म्याद जुलाई ४ रहेको छ । सम्भवतः बुधबार रातिसम्म मतदान प्रक्रिया शुरू हुने अनुमान गरिएको छ ।

यस विधेयकलाई लिएर रिपब्लिकन सांसद अलेक्जान्द्रिया ओकासियो–कोर्टेजसहित केही नेताहरूले कडा आलोचना गरेका छन् । उनीहरूले विधेयकले सर्वसाधारणलाई दिइने राहत घटाउने र धनी वर्गलाई कर छुट दिने योजना अघि सारेको आरोप लगाएका छन् ।

यसअघि सिनेटमा यसै विधेयकमा बराबरी मत आएपछि उपराष्ट्रपति जे.डी. भान्सले निर्णायक मत खसाल्दै विधेयकलाई पारित गराएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १९, बिहीबार ०४:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP