मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर, अन्यको कति ?

611
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंककाअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९० रुपैयाँ ७४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ १३ पैसा र बिक्रीदर २१ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १९, सोमबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP