मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चीनमा चुरोट उद्योगबाट खर्बौंको राजस्व

2.3K
SHARES
चीनमा चुरोट उद्योगबाट खर्बौंको राजस्व

बेइजिङ । चीनले चुरोट तथा सुर्तिजन्य पदार्थबाट वार्षिक झण्डै १७ खर्ब चिनियाँ युआन (करिब १७ सय अर्ब) राजस्व आर्जन गर्ने गरेको छ । यस क्षेत्रमा करदर ७० प्रतिशतसम्म रहेको छ, जसका कारण यो उद्योग चीनको अर्थतन्त्रका लागि महत्वपूर्ण आम्दानीको स्रोत बनेको हो ।

स्वास्थ्यका दृष्टिले हानिकारक मानिए पनि चुरोटबाट हुने आम्दानीले चीनको कूटनीतिक र सैन्य खर्च बराबरको रकम जुट्ने तथ्य सार्वजनिक भएको छ । त्यहाँका अधिकांश चुरोट उद्योग सरकारी स्वामित्वमा छन् ।

चीनको करिब १ अर्ब ४१ करोड जनसंख्यामध्ये अनुमानित ३० करोड व्यक्तिहरू धुम्रपान गर्ने छन् । यदि ती धुम्रपानकर्ताले मासिक १०० युआन मात्र चुरोटमा खर्च गरे, वार्षिक ३६० अर्ब (३६ अर्ब युआन) बजार आम्दानी हुन सक्छ । विद्यमान करदरअनुसार यसबाट करिब २५ खर्ब युआन (२५२ अर्ब) राजस्व संकलन हुने अनुमान छ, जुन चीनको कुल सरकारी राजस्वको लगभग ७ प्रतिशत बराबर हो ।

विशेषज्ञहरूका अनुसार यो स्थिर आम्दानीले राष्ट्रिय सुरक्षा र कूटनीतिक कार्यक्रमको वित्तीय आवश्यकतालाई टेवा दिएको छ । तर, जनस्वास्थ्यका क्षेत्रमा यसले निम्त्याउने दीर्घकालीन जोखिम र स्वास्थ्य उपचार खर्च समाजका लागि ठूलो आर्थिक तथा सामाजिक बोझ बन्ने चेतावनी पनि दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २५, आईतवार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP