मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

थुलुङ दुधकोशीको ६३ करोड ३७ लाखको बजेट सार्वजनिक, कृषि उत्पादन र अनुसन्धानमा प्राथमिकता

2.4K
SHARES
थुलुङ दुधकोशीको ६३ करोड ३७ लाखको बजेट सार्वजनिक, कृषि उत्पादन र अनुसन्धानमा प्राथमिकता

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै ६३ करोड ३७ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको १४औँ गाउँसभा अधिवेशनमा उपाध्यक्ष सविता राईले नीति तथा कार्यक्रमसहितको बजेट प्रस्ताव गरिन् । सभाध्यक्षसमेत रहेका अध्यक्ष असीम राईको अनुमतिमा प्रस्तुत बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानसहित आन्तरिक स्रोत पनि समावेश गरिएको छ ।

बजेट विवरणअनुसार संघीय सरकारबाट समानीकरण अनुदानमा १२ करोड ३७ लाख, राजस्व बाँडफाँडमा ८ करोड ६७ लाख, सशर्त अनुदानमा ३३ करोड ८१ लाख, विशेष अनुदानमा १ करोड ६५ लाख र समपूरक अनुदानमा ५२ लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ ।

त्यसैगरी, गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड २० लाख ४८ हजार, राजस्व बाँडफाँड ५४ लाख ७६ हजार, सशर्त अनुदान १ करोड १५ लाख ८६ हजार, समपूरक अनुदान १ करोड ६० लाख र आन्तरिक स्रोतबाट १ करोड ८४ लाख ५० हजार संकलन हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा देउसा कृषि वन स्रोत केन्द्रलाई स्तरोन्नति गर्दै ‘थुलुङ दुधकोशी कृषि अनुसन्धान केन्द्र’को रूपमा विकास गर्ने योजना छ । सो केन्द्रबाट १ लाख ५० हजार कफीका बिरुवा उत्पादन गरी व्यावसायिक कफी खेती विस्तार गर्ने उल्लेख छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १०, मंगलवार ११:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP