मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गिलीको नयाँ हाइब्रिड पिकअप ट्रक ‘रिडारा आरडी६ ईएम-पी’ नेपाली बजारमा आउने तयारी

2.2K
SHARES
गिलीको नयाँ हाइब्रिड पिकअप ट्रक ‘रिडारा आरडी६ ईएम-पी’ नेपाली बजारमा आउने तयारी

काठमाडौं । चिनियाँ अटो निर्माता गिलीले आफ्नो नयाँ प्लग-इन हाइब्रिड पिकअप ट्रक ‘राडार किङकङ ईएम-पी’ चीनमा सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भने यो मोडल ‘रिडारा आरडी६ ईएम-पी’ को नाममा प्रवेश गर्नेछ ।

गिलीले नेपाललाई समेत लक्षित बजारको रूपमा समेटेको जनाएको छ, जसअनुसार छिट्टै यो मोडल नेपाली बजारमा पनि भित्रिने अपेक्षा गरिएको छ ।

यस पिकअप ट्रकमा १.५ लिटरको टर्बोचार्ज्ड पेट्रोल इन्जिन, तीन-स्पिड डेडिकेटेड हाइब्रिड ट्रान्समिसन (३DHT), र दुईवटा इलेक्ट्रिक मोटरको संयोजन रहेको छ । यसले अधिकतम २६० किलोवाट (३४९ एचपी) शक्ति र ९१४ एनएम टर्क उत्पादन गर्न सक्ने क्षमता राख्छ ।

गाडीमा १९.०९ केडब्लुएच क्षमताको एलएफपी ब्याट्री र ६० लिटरको फ्युल ट्याङ्क जडान गरिएको छ, जसको संयोजनले १०६८ किलोमिटरसम्मको मिश्रित दूरी पार गर्न सक्ने दाबी गरिएको छ । यसले एक टन (१,००० किलोग्राम) सामान बोक्न सक्ने भार क्षमता राख्दछ ।

यसमा हिउँ, हिलो, अफ-रोड, र बालुवालगायत चार फरक अफ-रोड ड्राइभ मोडहरू उपलब्ध छन् । साथै, गाडीमा V2L (Vehicle-to-Load) र V2V (Vehicle-to-Vehicle) जस्ता प्रविधि पनि समावेश गरिएको छ, जसले अन्य उपकरणहरूमा विद्युत् आपूर्ति गर्न सक्ने सुविधा दिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ जेष्ठ १५, बिहीबार ०६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP