मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपाल आयल निगमले घटायो पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य

858
SHARES
नेपाल आयल निगमले घटायो पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्यमा आएको कमीका आधारमा निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ५० पैसा, डिजेलमा प्रतिलिटर २९ रुपैयाँ ४६ पैसा तथा हवाई इन्धनमा पनि खरिद मूल्य घटेर आएको छ । सोही आधारमा स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको असार १६ गतेको निर्णयअनुसार नयाँ मूल्य असार १७ गते बिहान १२ः०१ बजेदेखि लागू भइसकेको छ ।

नयाँ व्यवस्था अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य पहिलो वर्गमा प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य क्रमशः १९२ रुपैयाँ ५० पैसा, १९४ रुपैयाँ र १९५ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

त्यसैगरी, आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर २२१ रुपैयाँ कायम गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि हवाई इन्धनको मूल्य काठमाडौंमा प्रति किलोलिटर १,१५६ अमेरिकी डलर, पोखरामा १,१९० अमेरिकी डलर र भैरहवामा १,१०८ अमेरिकी डलर निर्धारण गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको मूल्य पनि घटाइएको छ । अब उपभोक्ताले १४.२ केजीको एक सिलिन्डर एलपी ग्यासका लागि २ हजार ५० रुपैयाँ तिर्नुपर्नेछ, जुन अघिल्लो मूल्यभन्दा १०० रुपैयाँले कम हो ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार स्वचालित मूल्य प्रणालीमार्फत समय–समयमा इन्धनको मूल्य समायोजन गरिने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार १७, बुधबार ०१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP