मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्टरनेटदेखि बैंकिङसम्मका २५ सेवा क्षेत्रमा हड्ताल प्रतिबन्ध

377
SHARES
इन्टरनेटदेखि बैंकिङसम्मका २५ सेवा क्षेत्रमा हड्ताल प्रतिबन्ध

काठमाडौं । सरकारले इन्टरनेट, सञ्चार, बैंकिङ, स्वास्थ्यलगायत २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हड्ताल गर्न रोक लगाएको छ ।

जेठ २५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ उपदफा (१) बमोजिम उक्त निर्णय लागू गरेको जनाएको हो । सूचनाअनुसार जनजीवन र सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने क्षेत्रलाई आवश्यक सेवाको सूचीमा राखेर हड्ताल निषेध गरिएको छ ।

प्रतिबन्धित सेवामा डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल र हवाई यातायातमार्फत यात्रु तथा मालसामान ढुवानी, सरकारी तथा सुरक्षा मुद्रणसम्बन्धी छापाखाना, सञ्चार सेवा, खानेपानी आपूर्ति, विद्युत् सेवा तथा पेट्रोलियम पदार्थको उत्पादन, भण्डारण र वितरण समावेश छन् ।

यस्तै अस्पताल तथा स्वास्थ्य सेवा, औषधिको उत्पादन र वितरण, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय सेवा, बीमा सेवा, दैनिक उपभोग्य वस्तुको उत्पादन, आपूर्ति र वितरण, राहदानी तथा अन्य अत्यावश्यक सरकारी सेवामा पनि हड्ताल गर्न नपाइने व्यवस्था गरिएको छ ।

सरकारले सार्वजनिक हित र सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक सेवाको निरन्तर सञ्चालन सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २६, मंगलवार १०:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP