मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डिजिटल कर्जाको सीमा बढ्यो, अब १० लाख रुपैयाँसम्म बिना धितो ऋण पाइने

520
SHARES
डिजिटल कर्जाको सीमा बढ्यो, अब १० लाख रुपैयाँसम्म बिना धितो ऋण पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै कर्जाको अधिकतम सीमा १० लाख रुपैयाँसम्म पुर्‍याएको छ । नयाँ व्यवस्थासँगै लघु, साना तथा मझौला व्यवसाय (एमएसएमई) सञ्चालन गर्ने उद्यमीहरूले बिना धितो डिजिटल माध्यमबाट थप सहज रूपमा कर्जा प्राप्त गर्न सक्ने भएका छन् ।

संशोधित व्यवस्थाअनुसार दीर्घकालीन प्रकृतिको चालु पुँजी कर्जा १० लाख रुपैयाँसम्म उपलब्ध हुनेछ । यस्तो कर्जाको भुक्तानी अवधि भने सम्बन्धित बैंक वा वित्तीय संस्थाले आफ्नो नीतिअनुसार निर्धारण गर्न सक्नेछन् । त्यस्तै, अल्पकालीन चालु पुँजी कर्जाको सीमा ५ लाख रुपैयाँ कायम गरिएको छ, जसको अधिकतम अवधि एक वर्ष हुनेछ ।

राष्ट्र बैंकले मार्गदर्शनको उद्देश्यमा नयाँ व्यवस्था थप्दै लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय कारोबारको आधारमा कर्जा उपलब्ध गराउन सहजीकरण गर्ने नीति लिएको जनाएको छ । यसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै व्यवसायीको वित्तीय पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा मूल्याङ्कन गर्दा ग्राहकको डिजिटल कारोबार विवरण, भुक्तानी इतिहास तथा व्यवसायसम्बन्धी अन्य तथ्याङ्कको विश्लेषण गर्न सक्नेछन् । यसका लागि उनीहरूले प्रविधि सेवा प्रदायक संस्था (टीएसपी) सँग सहकार्य गर्न पाउने व्यवस्था पनि गरिएको छ । यद्यपि, कर्जासम्बन्धी सम्पूर्ण जोखिम व्यवस्थापनको जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै रहनेछ ।

यसअघि तलबी खाता भएका ग्राहकलाई अधिकतम ५ लाख रुपैयाँसम्म र अन्य ग्राहकलाई २ लाख रुपैयाँसम्म विद्युतीय कर्जा उपलब्ध गराउन सकिने व्यवस्था थियो । राष्ट्र बैंकले उक्त व्यवस्था यथावत् राखेको छ । व्यक्तिगत विद्युतीय कर्जाको भुक्तानी अवधि भने तीन वर्षसम्म रहने प्रावधान कायम गरिएको छ ।

राष्ट्र बैंकको यो कदमले डिजिटल बैंकिङ तथा क्यासलेस कारोबारलाई थप प्रोत्साहन गर्ने तथा साना व्यवसायीलाई सहज वित्तीय पहुँच उपलब्ध गराउने विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २६, मंगलवार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP