मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनकोसी नदीमा डुबेर दुई विद्यार्थीको ज्यान गयो

299
SHARES
सुनकोसी नदीमा डुबेर दुई विद्यार्थीको ज्यान गयो

सिन्धुली । सुनकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ । आइतबार दिउँसो सुनकोसी गाउँपालिका–५ अन्तर्गत सित्खा पुल नजिक भएको घटनामा दुई विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–४ का नौ वर्षीय सफल पुलामी र वडा नं–५ का १० वर्षीय उकेश विक रहेका छन् । उनीहरू साथीहरूसँग नदीमा पौडी खेल्न गएका बेला अचानक डुबेका थिए ।

स्थानीयका अनुसार दुवै बालक स्थानीय प्रगतिशील माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । घटनापछि गाउँभर शोकको वातावरण बनेको छ ।

घटनाबारे सूचना प्राप्त हुनासाथ नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटा तथा सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली खोजी तथा उद्धारमा खटिएको थियो । स्थानीयवासी र जनप्रतिनिधिहरू पनि खोजी अभियानमा सहभागी भएका थिए ।

प्रहरीका अनुसार खोजीका क्रममा दुवै बालकको शव सुनकोसी नदी किनारमा फेला परेको हो ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ११, सोमबार ०६:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP