मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनी र सुदूरपश्चिममा भीषण गर्मीको चेतावनी, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

1.9K
SHARES
लुम्बिनी र सुदूरपश्चिममा भीषण गर्मीको चेतावनी, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका केही क्षेत्रमा अत्यधिक गर्मी बढ्ने संकेत देखिएको भन्दै तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गरेको छ । विभागले आगामी तीन दिनसम्म विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको हो ।

विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ । केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने भएकाले अत्यधिक गर्मीको जोखिम बढेको जनाइएको छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर तथा पहाडी क्षेत्रमा तातो दिनको अवस्था आगामी तीन दिनसम्म कायम रहन सक्छ। यसबाट हुन सक्ने स्वास्थ्य समस्याबाट जोगिन विभागले सतर्क रहन आग्रह गरेको छ।

विभागको तथ्यांकअनुसार जेठ ६ गतेदेखि नै सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र लुम्बिनी प्रदेशका केही तराई जिल्लामा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भइसकेको छ । साथै ती प्रदेशका विभिन्न स्थानमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको उल्लेख गरिएको छ ।

तातो लहरबाट बढी प्रभावित हुनसक्ने जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् । त्यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु जिल्लालाई पनि निगरानीमा राखिएको महाशाखाले जनाएको छ ।

महाशाखाले अत्यधिक गर्मीका कारण थकान, कमजोरी, धेरै तिर्खा लाग्ने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुनेजस्ता समस्या देखिन सक्ने चेतावनी दिएको छ ।

यसबाट बच्न दिउँसोको चर्को घाममा बाहिर ननिस्कन, सकेसम्म चिसो स्थानमा बस्न, हल्का तथा सुतीका कपडा लगाउन, बाहिर जाँदा टाउको छोप्न तथा प्रशस्त पानी र झोल पदार्थ सेवन गर्न सुझाव दिइएको छ । स्वास्थ्यमा समस्या देखिए तुरुन्त स्वास्थ्यकर्मीसँग परामर्श लिन पनि विभागले आग्रह गरेको छ ।

साथै विभागले मौसम पूर्वानुमान महाशाखाबाट जारी हुने दैनिक मौसम बुलेटिन नियमित रूपमा हेरेर अद्यावधिक जानकारी लिन सबैलाई अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ९, शनिबार ०१:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP