मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारी कर्मचारीको तलब अब महिनामा दुई किस्तामा दिने तयारी

143
SHARES
सरकारी कर्मचारीको तलब अब महिनामा दुई किस्तामा दिने तयारी

काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई दिइने तलबभत्ता अब महिनामा दुई पटक वितरण गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ । हालसम्म मासिक रूपमा एकमुष्ट रूपमा उपलब्ध गराइँदै आएको तलब अब अर्धमासिक रूपमा भुक्तानी गरिनेछ ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै नयाँ प्रणाली कार्यान्वयनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ । मन्त्रालयका अनुसार मन्त्रीस्तरबाटै अर्धमासिक तलब वितरण गर्ने निर्णय भइसकेको छ ।

यो नयाँ व्यवस्थापछि कर्मचारीहरूले महिनामा दुईपटक तलब पाउनेछन्, जसले उनीहरूको नगद प्रवाह व्यवस्थापनलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

अर्थ मन्त्रालयले तलब वितरण प्रणाली अझ व्यवस्थित, पारदर्शी र समयमै हुने विश्वास व्यक्त गरेको छ । साथै, सम्बन्धित निकायहरूलाई आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी चाँडो पूरा गर्न आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ७, सोमबार ००:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP