मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२८ अर्ब वैदेशिक ऋणबारे वर्षमान पुनको प्रश्न: ‘ऋण नलिने वाचा गरेर सत्ता पुग्नेबित्तिकै किन?’

624
SHARES
२८ अर्ब वैदेशिक ऋणबारे वर्षमान पुनको प्रश्न: ‘ऋण नलिने वाचा गरेर सत्ता पुग्नेबित्तिकै किन?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सरकारले हालै गरेको झन्डै २८ अर्ब रुपैयाँ वैदेशिक ऋण स्वीकार गर्ने निर्णयप्रति कडा आपत्ति जनाउँदै स्पष्ट जवाफ दिन सरकारसँग माग गरेका छन् ।

सोमबार पार्टी कार्यसंयोजन समितिको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पुनले ऋण नलिने प्रतिबद्धता जनाउँदै सत्तामा पुगेको दलले पद सम्हाल्नासाथ ठूलो रकमको वैदेशिक ऋण लिनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे ।

उनले विगतका दलहरूले मुलुकलाई ऋणको भारमा डुबाएको आरोप लगाउँदै आफूहरू फरक नीति लिएर आएको दाबी गर्ने शक्तिले सत्तामा पुग्नेबित्तिकै ऋण स्वीकार गर्नु जनताका लागि आश्चर्यको विषय भएको बताए ।

पुनले देशको आवश्यकता र विकास प्राथमिकताअनुसार वैदेशिक ऋण लिनु अस्वाभाविक नभएको स्पष्ट पार्दै त्यस्तो ऋणको पारदर्शी र उत्पादनमुखी उपयोग हुनुपर्नेमा जोड दिए । विशेषगरी पूर्वाधार विकास, रोजगारी सिर्जना र आर्थिक उत्पादन बढाउने क्षेत्रमा लगानी हुनुपर्ने उनको भनाइ थियो ।

उनले भने, “अहिलेका साथीहरू ऋण लिँदैनौँ, पुरानाले देशलाई ऋणमा डुबाए भनेर आएका हुन् । तर सत्तामा पुग्नेबित्तिकै एकैचोटि २८ अर्ब ऋण लिनु भयो । यसबारे सरकारले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ । ऋण नलिने वाचा गरेर आएकै दिन ठूलो ऋण लिँदा जनताले कसरी विश्वास गर्ने ?”

पुनले अन्ततः ऋण लिनु भन्दा त्यसको सही सदुपयोग नै मुख्य कुरा भएको उल्लेख गर्दै सरकारले यसको उद्देश्य, खर्चको क्षेत्र र प्रतिफलका बारेमा सार्वजनिक रूपमा स्पष्ट पार्नुपर्ने बताएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २३, सोमबार १०:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP